राष्ट्रिय योजना आयोगवाट भएको क्षेत्रीय अनुगमन प्रतिवेदन    
>>प्रतिवेदनहरु[pdf/8706KB]
.............................................................

Nepal Public Expenditure Tracking Study on Primary Education     
>>Reports[pdf/1996KB]
.............................................................

Assessment of Social Security Allowance Program in Nepal     
>>Reports[pdf/1366KB]
.............................................................

Climate Change Budget Code:Documenting the National Process of arriving at multi-sectoral consensus     
>>Reports[pdf/1505KB]
.............................................................
Report of 28th NDAC meeting     
>>Reports[pdf/845KB]
राष्ट्रिय विकास समस्या समाधान समितिको अठ्ठाइसौं बैठकको प्रतिवेदन    
>>प्रतिवेदनहरु[pdf/845KB]
............................................................

Impact Evaluation of Sunsari-Morang Irrigation Project      
>>Evaluation[pdf/2730KB]
.............................................................

Essential Drug Procurement and Distribution Program Under Free Health Services     
>>Evaluation[pdf/1207KB]
.............................................................

राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुको आचार संहिता, २०६९    
>>निर्देशिका[pdf/97KB]
.............................................................

रा.यो.आ किल्क

गृह पृष्ठ>>कार्य तथा जिम्मेवारीहरू

नेपाल सरकारको तत्कालीन कार्य सम्पादन नियमावली २०४८ अनुसार देहायअनुसार रा.यो.आ.का कार्यहरू रहेका छन् ।

  1. नेपाल सरकार, मन्त्रालयहरू तथा विभागहरूलाई आवधिक योजना, कार्यक्रम तथा आयोजनाहरू परिमार्जन सम्बन्धमा सल्लाह दिने ।
  2. नेपाल सरकारलाई संभाव्यता अध्ययन तथा ठूला आयोजनाहरूका गुरुयोजना तयार पार्न सघाउ पुर्‍याउने ।
  3. वैदेशिक लगानी/सहायता स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रालय तथा विभागहरूलाई सल्लाह सुझाव दिने ।
  4. आयोजना प्रस्तावहरूलाई मूल्याङ्कन गर्ने ।

नेपाल सरकारले वि.सं. २०५० असार ४ को कार्यकारी निर्णय अनुसार रा.यो.आ. लाई निम्नानुसार कार्य जिम्मेवारी तोकिएको छ ।

  1. आधारभूत रूपमा विकास योजना तर्जुमा तथा दीर्धकालीन विकास सोच अनुरुपको खाका भित्र रहने गरी आवधिक विकास योजना निर्माण गर्ने ।
  2. स्वदेशी तथा विदेशी प्रविधिको सँगसँगै आन्तरिम तथा वाह्य स्रोतहरू अन्वेषण गर्ने तथा विकासको दर तीव्रतर तुल्याउन सरकारलाई सुझाव दिने ।
  3. देशको आर्थिक अवस्थानुसार दिगो विकास हासील गर्न नवितम् धारणाहरू विकास गरी लागु गर्ने ।
  4. वार्षिक कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयनका लागि सरकारलाई मद्वत गर्ने ।
  5. अनुगमन तथा मूल्याङ्कनसम्बन्धी संस्थागत विकासका लागि सरकारलाई सुझाव दिने, कार्यक्रम तथा आयोजना कार्यान्वयनको योजनाको लक्ष्य अनुरुप प्रगति भए नभएको अनुगमन गर्ने तथा सो योजना तथा कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्ने ।
  6. क्षेत्रगत मन्त्रालयहरू, विभागहरू तथा अन्य निकाय तथा स्थानिय निकायहरूलाई मार्ग निर्देशन, सल्लाह तथा सुझाव उपलब्ध गराउने र योजना तथा आयोजना तर्जुमाका लागि मद्वत गर्ने ।
  7. आवश्यक नीति तर्जुमा, मूल्याङ्कन र योजना प्रकृयाको परिमार्जनको लागि सूचना सङ्कलन गर्न मार्गनिर्देशन गर्ने, कार्यमूलक अनुसन्धान गर्ने ।

आर्थिक प्रशासन नियमावली ०५६ ले रा.यो.आ.लाई निम्न भूमिका प्रदान गरेको छ ।

  1. रा.यो.आ.ले आगामी आ.व.को बजेट तर्जुमाको लागि अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयहरूको लागि नीतिगत लक्ष्य तथा प्राथमिकताको सम्बन्धमा मार्ग निर्देशन उपलब्ध गराउँछ जुन वजेट तर्जुमाको निर्देशन दिनु भन्दा अगाडि गर्ने गर्दछ ।
  2. मन्त्रालयका सचिवले जिल्ला स्तरीय आयोजना स्वीकृतिको लागि नीतिगत खाका संरचना (frame work) तयार पार्दछ ।
  3. केन्द्रीय स्तरका आयोजना स्वीकृत गर्दछ ।
  4. कार्तिक मसान्त सम्ममा आउँदो/आगामी आ.व.का लागि विकास कार्यक्रमहरूका लागि नीति तय गर्दछ ।
  5. कार्तिक मसान्त सम्ममा नेपाल सरकारका कार्यालयहरूलाई कुनै पनि किसिमको वैदेशिक सहयोग वा नगद प्राप्ती वा वैदेशिक सहयोगको लागि सहमतिमा पुग्नका लागि सल्लाह उपलब्ध गराउँछ ।

राष्ट्रिय योजना आयोगले माथि उल्लेख गरिएका कार्य जिम्मेवारी पूरा गर्न विविध क्रियाकलापहरू गर्दै आएको छ । ती क्रियाकलापहरू निम्नानुसार रहेका छन् ।

  1. देशको योजना र कार्यक्रम निर्माण गर्ने अंगको रूपमा रा.यो.आ.ले देशको आर्थिक विकास र आर्थिक व्रिmयाकलापहरू सम्बन्धमा नेतृत्वदायी र प्रमुख सल्लाहकारी भूमिका निर्वाह गर्दछ । सबैजसो आर्थिक विकास र आर्थिक नीति तथा कार्यक्रमहरू आयोगको आफ्नै प्रयासमा वा सल्लाह वा सुझावमा आधारित भएर लागु हुने गर्दछन् ।
  2. देशको आर्थिक विकास र सामान्य आर्थिक क्रियाकलापहरूको व्यवस्थापनमा आयोगले मुख्य संयोजनकारी भूमिका निर्वाह गर्दछ ।
  3. आर्थिक विकासका नीति तथा कार्यक्रमहरू कार्यान्वयनार्थ आयोगले सक्रिय र सकारात्मक सहजकर्ताको रूपमा कार्य सम्पादन गरिरहेको छ । साथै, यी आर्थिक नीति र कार्यव्रmम कार्यान्वयनमा प्राय सबै सरकारी निकायहरूका चुनौती तथा समस्याहरू समाधानार्थ सहयोग पुर्‍याउँछ ।
  4. रा.यो.आ.ले नीति परिमार्जनमा प्रमुख भूमिका निर्वाह गर्दछ । यसले आर्थिक उदारीकरण र अन्य सुधार कार्यक्रमहरूको तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका सफलतासाथ निर्वाह गरेको पनि छ ।
  5. आयोगले देशको आर्थिक विकासको अनुगमन तथा मूल्याङ्कनको निमित्त केन्द्रीय स्तरको संस्थाको रूपमा कार्य गरिरहेको छ ।
  6. आयोगले देशको आर्थिक सरोकार र विकासको सम्बन्धमा विचार आदान प्रदान, सूचना सप्रेषण, छलफल तथा अन्तर्‍िक्रया गर्ने मञ्चको रूपमा कार्य गरिरहेको छ ।

आयोगले देशका निजी क्षेत्रको समेत समस्याहरू विश्लेषण गर्ने तथा समाधान विकासको संस्थाको रूपमा कार्य गर्दछ ।