गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सम्बन्धी छलफल कार्यक्रम

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. स्वर्णीम वाग्लेज्यूको समुपस्थितिमा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको ORAT तथा O&M सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा आयोगका माननीय सदस्यज्यूहरू डा. सुनिलबाबु श्रेष्ठ, माननीय डा. अरबिन्द कुमार मिश्र, माननीय डा. चन्द्रकान्त पौडेल, माननीय गोबिन्द राज भट्ट, आयोगका सचिव श्रीमान बिष्णुप्रसाद लम्सालज्यूको समुपस्थिति रहेको थियो ।

उक्त छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यूले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण पश्चात सञ्चालनको मोडालिटी सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्देशन दिनुभएको थियो । साथै मास्टर प्लान र स्पष्ट रोडम्याप तयार गरी निकायगत रूपमा प्राथमिक भूमिका र सहायक भूमिका सम्बन्धित निकायले स्पष्ट रूपमा तयार गर्नुपर्ने र त्यसमा आयोगले समन्वय र सहजकारी भूमिका निर्वाह गर्न आयोग सदैब तत्पर रहेको बिश्वास दिलाउनुभयो । सो कार्यक्रममा सार्वजनिक निजी साझेदारी हेर्ने माननीय सदस्य डा. सुनिलबाबु श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको सञ्चालन र ब्यवस्थापनका कुन कुन कम्पोनेन्टमा कसले र कसरी जिम्मेवारी वहन गर्नुपर्ने हो सो को मोडालिटी सम्बन्धमा पूर्ववत तयारी र स्पष्टता हुन आवश्यक रहेको सम्बन्धित निकायलाई सुझाव दिनुभयो । आयोगका माननीय सदस्य डा. चन्द्रकान्त पौडेलले पर्याप्त तयारी गरी आयोजना सञ्चालन र व्यवस्थापन गरेमा सफलता हासिल हुनसक्नेतर्फ सम्बन्धित निकायलाई प्रेरणा दिनुभएको थियो।आयोगका माननीय सदस्य श्री गोबिन्द राज भट्टले सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई बढाउन निजी क्षेत्र सक्षम हुनका साथै सम्बन्धित क्षेत्रलाई अवसर प्रदान गर्नुपर्नेतर्फ मन्तब्य ब्यक्त गर्नुभयो।कार्यक्रममा आयोगका सचिव श्रीमान बिष्णुप्रसाद लम्सालज्यूले सार्वजनिक निजी साझेदारीमा सञ्चालित आयोजनाहरूको सहजीकरणका लागि आयोग सहयोग र समन्वय गर्न तत्पर रहेको र सम्बन्धित निकायले नीतिगत, कार्यगत स्पष्टतासहित प्रतिफलमुखी कार्ययोजना पेश गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो छलफल कार्यक्रममा नेपाल नागरिक उड्ययन प्राधिकरणबाट आयोजनाको कार्यप्रगति बिवरण तथा सञ्चालन र ब्यवस्थापनको बिकल्पसहितको मोडालिटी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गृह मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, नेपाल नागरिक उड्डययन प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, डि.एफ.आई.डि., आई.एफ.सी., सम्बन्धित बिषय बिज्ञ तथा राष्ट्रिय योजना आयोगका महाशाखा प्रमुखहरू, कार्यक्रम निर्देशकहरू, योजना अधिकृतहरू लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन र समन्वय राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी शाखाले गरेको थियो ।

DOWNLOAD

Ownership Information: Website belongs to National Planning Commission (NPC) | © 2023. All rights reserved.

Last Update : 2023-12-05 15:10:18