National Planning Commission (NPC) dfds || राष्ट्रिय योजना आयोग

प्रा. जेफ्री स्याक्सको नेपाल भ्रमण

योजना आयोगको आमन्त्रणमा नेपाल आएका विश्वविख्यात प्रा. जेफ्री स्याक्सले आफ्नो २१ घन्टे बसाईका क्रममा चन्द्रागिरी केबल कारबाट हिमालयको अवलोकन, नेपाल सरकारका उच्च अधिकारीहरुसंग अन्तरक्रिया, अर्थमंत्री र पूर्वअर्थमंत्रीहरुसंग भेटघाट, केही प्राज्ञहरुसंग छलफल र एउटा बृहत सार्बजनिक भेलालाई सम्बोधन गर्नुभयो | वहाँका तीन मूल संदेश रहे:
१. विश्व अब दिगो विकासको युगमा प्रवेश गर्यो | राष्ट्र संघीय महासचिवका विशेष सल्लाहकारका रुपमा वहाँले नेपाललाई सहयोग गर्नु हुनेछ |
२. कमसल पूर्वाधार र गतिहीन अर्थतन्त्र राष्ट्रिय सुरक्ष्यासंगै गाँसिएको छ | पूर्वाधारमा नेपाल असाध्यै पछि परेको, यस्तो वातावरणमा लगानी नआउने, र संवृद्ध हुँदै गैरहेका छिमेकीहरुका माझ दरिद्र टापुझैं रहनु सार्वभौम जोखिमको विषय हो |
३. नेपालले १००% स्वच्छ उर्जाको जगमा नौलो विकासपथको कल्पना गर्नसक्छ | खनिज-जन्य मोडल फाल्दै जलविद्युत नै आय, उद्योग, यातायात, शहरीकरणको 'ब्रान्डेड आधार' हुने हो भने नेपालले छिट्टै फड्को मार्न सक्छ |

DOWNLOAD

© 2023 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग