शुभकामना सन्देश
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्वर ५, २०१७ "Volunteers Act First. Here. Everywhere" भन्ने नाराका साथ मनाउन लागिएको अवसरमा स्वयंसेवाको क्षेत्रमा सक्रिय योगदान पु¥याउने सबै व्यक्ति, संघ–संस्था र समुदायहरुमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
स्वयंसेवा सामाजिक सेवाको विशिष्ट अवसर हो । जतिवेला एकल प्रयास र सामर्थ्यले परिस्थितिको सामना गर्न कठिन हुन्छ त्यतिवेला स्वस्फूर्त रुपमा तत्काल सहयोग पु¥याउनु नै नेपाली समाजमा स्वयंसेवाको आदर्श पक्ष रही आएको छ ।
नेपालमा हाल सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संघ–संस्था अन्य सामाजिक तथा सामुदायिक संघ–संस्था र व्यक्ति समेत स्वयंसेवा मार्फत आर्थिक सामाजिक सांस्कृतिक विकासका गतिविधिमा संलग्न रहेको अवस्था छ । यसै सन्दर्भमा, राष्ट्रिय योजना आयोग अन्तर्गत राष्ट्रिय विकास स्वयंसेवक सेवा (National Development Volunteers Service-NDVS) ले आर्थिक वर्ष २०५५÷०५६ देखि विभिन्न विषय क्षेत्रका स्वयंसेवकहरु परिचालन गर्दै आइरहेको छ । त्यसैगरि अन्तर्राष्ट्रिय संस्था र अन्य स्वदेशी संघ–संस्थाहरु पनि स्वयंसेवा मार्फत सामाजिक विकास कार्यका साथै आकस्मिक सहयोग कार्यमा सलंग्न रहेका र संयुक्त राष्ट्रसंघीय स्वयंसेवा कार्यक्रम (UNV-Nepal) ले समेत अन्तर्राष्ट्रिय स्वयंसेवालाई नेपालमा संयोजन गरिरहेको छ ।
कुनैपनि कार्यक्रम समयानुकुल परिस्कृत गर्दै लैजानु हाम्रो दायित्व पनि हो । यसै सन्दर्भमा हाल संचालन भइरहेका सेवाहरु वाहेक हाम्रो ध्यान मुख्यतः तिनवटा विषयमा केन्द्रित रहेको कुरा यसै अवसरमा अवगत गराउन चाहन्छु । (क) संयुक्त राष्ट्रसंघ UNV-Nepal लगायत यस क्षेत्रमा क्रियाशिल अन्य संघ संस्थाहरुसंग समन्वय गरी NDVS को दायरा अझ फराकिलो पार्नु (ख) उच्च शिक्षा हासिल गरेतापनि देशको सेवा गर्ने अवसर नपाएकाहरुलाई समेत स्वयंसेवाको माध्यमवाट यथोचित अवसर प्रदान गर्नु (ग) देशका विभिन्न प्राविधिक शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई देश विकासमा प्रशिक्षार्थीको रुपमा स्वयंसेवामा सामेल गर्नु ।
अन्त्यमा, संकट तथा आकस्मिक घटनाहरुबाट पहिलो प्रभावित स्थानीय जनसमुदाय हुने हुँदा समुदायस्तरबाटै स्वयंसेवी भावना जागृत गरी स्वयंसेवक हुन अभिप्रेरित गर्नु आवश्यक ठान्दछु । तसर्थ सवै नेपालीहरुमा स्वयंसेवी भावनाको विकास भई राष्ट्रसेवातर्फ उन्मूख हुने प्रेरणा मिलोस भन्ने शुभेच्छा सहित यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको पूर्ण सफलताको कामना गर्दछु ।