मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष श्री खिलराज रेग्मीज्यूको अध्यक्षतामा समितिको तीसौ बैठक बस्यो । यस बैठकमा आर्थिक बर्ष२०६९/०७० मा सञ्चालित विकास कार्यक्रम/आयोजनाहरुको वाषिर्क प्रगति स्थिति र कार्यान्वयनमा देखापरेका तथा मन्त्रालयस्तरबाट समाधान हुन नसकेका समस्याहरु प्रस्तुत गरी छलफल गर्ने कार्य भयो ।
सम्माननीय अध्यक्षज्यूले बैठकमा निम्नानुसारको निर्देशन दिनु भयोः
· नेपाल सरकारले सन् २०२२ भित्र नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरण गर्ने दिर्घकालिन सोच लिई तेह्रौं योजनाको आधारपत्र स्वीकृत गरेको छ । सरकारका सामु मुलुकलाई बिकासशील राष्ट्रमा रुपान्तरण गर्ने र बिकासका प्रतिफल प्रभावकारीरुपमा जनस्तरमा पुर्याउने चुनौती रहेका छन् । तर्सथ मुलुकको बिकासलाई द्रुत गतिदिई परिणामुखी बनाउन बिकास कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयन प्रक्रियालाई निर्धारित समय भित्र पूरा हुने गरी प्रभावकारी बनाउनु जरुरी छ ।
· समितिको आजको बैठकमा गरिएको प्रस्तुतिबाट कूल बजेटको ८५.९१ प्रतिशत खर्च भई पूँजीगत खर्चको प्रगति ८०.१३ प्रतिशत हुनुलाई संतोषजनक मान्न सकिन्छ । पहिलो प्राथमिकताका आयोजनाहरुतर्फ२८२ आयोजनाहरुमध्ये १९५ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि भएकोले राम्रो पाईयो । तैपनि कार्यान्वयनको चरणमा बिगतमा देखिएका केही समस्याहरु अझै पनि समाधान हुन बांकी रहेको देखिएको छ ।
· समस्याहरुको निराकरण गर्न मन्त्रालयहरुले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिलाई थप प्रभावकारी बनाई कार्यान्वयनमा आई परेका समस्याहरु समयमै समाधान गरी आयोजना तथा कार्यक्रमहरुलाई निर्धारित समय तथा लागतभित्रै सम्पन्न गर्नका लागि गंभीरतापुर्वक लाग्न मन्त्रालयहरुलाई निर्देशन दिन्छु । साथै, यी वैठकहरुमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका जिम्मेवार अधिकृतहरुको अनिवार्य उपस्थिति हुने व्यवस्था गर्ने ।
· मन्त्रालयहरुले सुशासन पर्रबर्द्धन हुनेगरी पारदर्शिता, जबाफदेहिता र सेवाप्रवाहलाई प्रभावकारी बनाउंदै जनतालाई प्रत्यक्ष लाभपुग्ने गरी आ-आफ्ना काम कारवाही संचालन गर्नु पनि त्यत्तिकै जरुरी छ ।
· सम्वन्धित मन्त्रालय तथा विभागहरुले बिकास आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरी तिनीहरुको कार्यान्वयन सुनिश्चित गर्न विशेष ध्यान दिनु जरुरी छ ।
· बर्तमान सरकारको प्रमुख दायित्व संबिधान सभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष गर्नु रहेकोले बिकास कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्दा समेत निर्वाचनलाई सफल बनाउन सघाउ पुर्याउनेर्तर्फ बिशेष ध्यानदिन र चुनावलाई प्रतिकूल असर पर्ने कार्य नगर्न पनि सबैलाई निर्देशन दिन्छु ।
यस बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा.रवीन्द्र कुमार शाक्यले सहस्राव्दी विकास लक्ष्य तथा सोको प्रगति स्थिति, त्रिवर्षिय योजना -२०६७/०६८-२०६९/०७०) को प्रगति र आ.ब. ०६९/७० मा सञ्चालित पहिलो प्राथमिकता प्राप्त आयोजनाहरुको कार्यान्वयनको अवस्था र देखिएका प्रमुख समस्याहरुका बारेमा प्रकाश पार्नुभयो । साथै, उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति स्थिति प्रस्तुत गर्नु भएको थियो ।