यस सचिवालयको मिति २०७१।०४।३१ को निर्णय अनुसार सह-सचिव श्री गोपीनाथ मैनाली ज्यू लाई उत्कृष्ठ निजामती सेवा पुरस्कारको लागि सिफारिस गरिएको सूचना सवैके जानकारीको लागि प्रकाशित गरिएको छ ।
सह सचिव श्री गोपीनाथ मैनालीबाट सम्पादित केही उदाहरणीय कामहरु देहायवमजिम छन् ।
१. Poverty Environment Initiative (PEI) का लागि भएको कार्यका लागि अन्तराष्ट्रिय तहबाट (UN office of South-South Cooperation) नेपाललाई पहिलो पटक Leadership Award प्राप्त भएको र राष्ट्रसंघीय प्रणाली (UN South South Cooperation, UNDP/UNEP) बाट यसलाई असल अभ्यासका रुपमा लिइदै आएको । यसै वर्ष आयोजना हुन गैरहेको न्यिदब Global Development Expo मा समेत यस विषयलाई उल्लेखय कार्यमा समावेश गरिने कार्यक्रम रहेको । यसबाट नेपालको अन्तराष्टिय छविमा समेत योगदान पुगेको ।
२. लामो समयदेखि तर्जुमाको क्रममा रही अन्तिम रुप पाउन नसकेको विकास आयोजनाका लागि जग्गा प्राप्ति, पुनर्वास तथा पुनस्र्थापना नीति लाई अन्तिम रुप दिई National Safeguard System कायम गर्न उल्लेख्य कार्य गरेको । जसका कारण आन्तरिक रुपमा योजना व्यवस्थापन र बाह्य रुपमा लगानी आकर्षण गर्न वातावरण निर्माणको आधार पूरा भएको ।
३. विश्वव्यापी मौन संकटको रुपमा रहेको जलवायु परिवर्तनले कृषि क्षेत्रमा पु¥याएको असरको मूल्याङ्कनका लागि पहिलो पटक ECCA survey (Economic Cost of Climate change Analysis) को कार्य भएको ।
४. जलवायु परिवर्तनबाट जलाधार क्षेत्रमा परेको असरको अध्ययनका आधारमा सुख्खाग्रस्त क्षेत्रमा कार्यक्रम तर्जुमा गर्न र अनुकूलनका कार्यक्रम कार्यान्वयन गर्न सघाउ पुगेको ।
५. सम्वद्ध विषयगत मन्त्रालयबाट आउने कार्यक्रम तथा नीति सम्बन्धी काम सामान्य अवस्थामा तीन दिनभित्रमा सम्पादन गरिसक्ने व्यवस्था मिलाइएको ।
६. उच्च् तथा हिमाली जिल्लाको एकीकृत वस्ती विकास सम्बन्धी अध्ययन कार्यमा विशेष भूमिका खेलेको ।